दसै नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री भेटिन थाल्यो

दसै नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री भेटिन थाल्यो

दसै नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री पाइन थालेको छ । कोरोना नियन्त्रणको लागि भएको लकडाउनले खाद्य सामग्री गोदाममै थन्किएपछि दसैको मौका छोपेर व्यापारीले म्याद सकिएका सामग्री बिक्रीका लागि राखेको पाइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागका प्रवक्ता शिवराज सेढाईले म्याद नाघेका बिस्कुट, स्निकर्स, मार्स चकलेट, बर्नभिटा, चिउरा, भुजियालगायतका खाद्यवस्तु र पेयपदार्थ भेटिएको जानकारी दिनुभयो । म्याद नाघेका खाद्य सामग्री बिक्री गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यापारीलाई कानुनी कारबाही हुने उहाँको भनाइ छ ।

विभागको अनुगमन निरीक्षण अधिकृतलाई कुनै व्यापारीले खाद्य सामग्रीमा उत्पादन मिति नराखेको, लेबलिङ नगरेको, म्याद नाघेको खाद्य वस्तु बिक्री गर्ने बिल बिजक नराखेको, व्यापारिक फर्म दर्ता गरी व्यापार व्यवसाय गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम तत्काल ५ हजारदेखि ३ लाख जरिमाना गर्न सक्ने अधिकार छ । यस्तै तीन महिनादेखि एक वर्ष कैद वा १ देखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने अधिकार छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार