पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि बन्द

पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि बन्द

पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिनुभयो ।

पशुपतिनाथ मन्दिरमा हुने विशेष पूजा पनि आजैदेखि बन्द गरिएको उहाँले बताउनुभयो । पशुपतिनाथ मन्दिरमा नित्य र नैमित्तिक पूजा बाहेकका सबै धार्मिक क्रियाकलाप नेपाल सरकारको निर्णय अनुसार बन्द गरिएको छ । अर्को सूचना नभएसम्मका लागि पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकलगायत भक्तजनको भीडभाड बढी हुने मन्दिरमा पनि नित्य र नैमित्तिक पूजामात्र गरिने छ ।

अरु धार्मिक क्रियाकलाप बन्द गरिएको छ । कोरोना सङ्क्रमणको दर फेरि तीव्र गतिमा बढ्न थालेपछि मन्दिरको दर्शनमा रोक लगाइएको हो । यसअघि २०७६ सालमा पनि कोरोना सङ्क्रमण बढ्न थालेपछि पहिलोपटक पशुपतिमा दर्शन गर्न रोक लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार