अबको तीन दिन पानी र हिउँ पर्ने सम्भावना : चिसो बढ्ने

अबको तीन दिन पानी र हिउँ पर्ने सम्भावना : चिसो बढ्ने

अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी र हिउँ परेर चिसो बढ्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । हिउँ र पानी परेपछि चिसो बढ्ने भन्दै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार गएराति नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले दिउँसो देशका विभिन्न ठाउँमा वर्षा र हिमपात गराउने सम्भावना छ । तर लगातार झरीको सम्भावना भने नरहेको उहाँले बताउनुभयो ।

यही प्रणालीको प्रभावले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशसँगै देशभरको पहाडी भेटको मौसम अांशिकदेखि सामान्य बदली रहेको उहाँले  जानकारी दिनुभयो ।

यस्तै तराईमा भने हुस्सुरकुहिरो लागेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली भइ पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात पनि हुनेछ । यस्तै राति देशभर आंशिकदेखि सामान्यबदली भइ प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार