कोरोनाका कारण राष्ट्रियसभाको चुनाब नरोकिने

कोरोनाका कारण राष्ट्रियसभाको चुनाब नरोकिने

बढ्दो कोरोना सङ्क्रमणका बीच पूर्व निर्धातिर राष्ट्रियसभाको निर्वाचन भने नरोकिने बताईएको छ । १२ माघमा हुने चुनावमा पर्याप्त स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाईने निर्वाचन आयोगका सह–प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । ७ वटै प्रदेश राजधानीमा निर्वाचन सम्पन्न हुनेछ ।

स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेश सांसद मतदाता हुने भएकाले चुनावमा सरकारले तोकेको २५ जना भन्दा बढि भेला हुन नपाईने नियम भने लागू नहुने देखिएको छ । आयोगले प्रदेश राजधानीमै चुनाव गराउने भन्ने कानूनी प्रावधानका कारण बाहिर मतदान केन्द्र राख्न नसकिने तर तोकिएकै ठाउँमा मतदान केन्द्र थपिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार