नवनिर्वाचित पत्रकारहरुलाई ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा सम्मान

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, मन्थलीले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना तथा सम्मान गरेको छ । ब्रह्माकुमारी बिष्णु दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ, जिल्ला कार्य समिती रामेछापका नवनिर्वाचित जिल्ला कार्यसमीती, राष्ट्रिय सभा सदस्य प्रदेश सभासदस्य र बागमती प्रदेशका कोषाध्यक्ष सहित सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिदै बधाई समेत ब्यक्त गरेका छन । सशस्त्र पहरी […]

दोस्रो चौमासिकसम्म आईपुग्दा रामेछाप नगरपालिकाको वितिय प्रगति ४६.४२ प्रतिशत

रामेछापको रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ४६.४२ प्रतिशत वितिय प्रगति हासिल गरेको छ । नगरपालिकाले दोस्रो चौमासिकसम्म आईपुग्दा कुल बजेटको ५५.६५ प्रतिशत रकम खर्च गरेको हो । आ÷व २०७७÷७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कुल बजेट ६३ करोड ७४ लाख ७८ हजार २ सय ५६ विनियोजन भएकोमा देस्रो चौमासिक अवद्यिमा […]

रामेछाप बजारका २८ वटा पसल तथा स्टोर्सहरुको अनुगमन

चैत २७ गते, रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेका बजारहरुको शुक्रबार अनुगमन गरिएको छ । रामेछाप डाँडामा रहेका किराना, खाद्यान्न, कपडा, कस्मेटिक पसल र हार्डवयर स्टोर्स गरी जम्मा २८ वटा पसल तथा स्टोर्सहरुको अनुगमन गरिएको जल्ला घरेलु तथा साना उद्योग कार्यालय रामेछापका प्रमुख मेघनाथ गौतमले बताउनुभयो । बजार अनुगमनका क्रममा कानूनी प्रक्रिया पुरा नगरी विक्री गर्न […]

हजुरको रेडियोका ५ जनाले जिते चुनाव

बुधबार सम्पन्न नेपाल पत्रकार महासंघ रामेछापको निर्वाचनमा रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो १०२.१ मेगाहर्जका ५ जना पत्रकार निर्वाचित भएका छन । प्रेस युनियर र प्रेस संगठनको संयुक्त गठबन्धन बद्रि नयाँघरे नेतृत्वको प्यानलै विजयी भएको उक्त निर्वाचनमा उपाध्यक्ष (महिला) मा हजुरको रेडियोमा कार्यरत लेखा संयोजक रिता कुमारी मगर,  महिला सदस्यमा रेडियोका बजार व्यवस्थापक निरु […]

रामेछापमा प्रेस युनियनको प्यानलै विजयी,प्रेस चौतारीको एक भोट

नेपाल पत्रकार महासंघ रामेछापको निर्वाचनमा प्रेस युनियर र प्रेस संगठनको संयुक्त प्यानल विजयी भएको छ । बुधबार भएको निर्वाचनमा बद्रि नयाँघरे नेतृत्वको प्यानलै विजयी भएको हो । अध्यक्षमा बद्रि नयाँघरले ३९ मत प्राप्त गर्नुभयो । स्वतन्त्र अध्यक्षको उम्मेद्वार सुमित श्रेष्ठले ३३ मत प्राप्त गर्दा प्रेस चौतारीका अध्यक्षका उम्मेद्वार सौजन्य प्रसाद सत्यालले १ मत मात्रै प्राप्त […]

पत्रकार महासंघ रामेछापमा प्रेस युनियन र प्रेस संगठनको संयुक्त उम्मेद्वारी

यही चैत २५ गते हुन गइरहेको पत्रकार महासंघको आसन्न निर्वाचनको लागि जिल्ला शाखा रामेछापको अध्यक्ष पदमा प्रेस युनियन र प्रेस संगठनको तर्फबाट बद्रीनयाँघरेले उम्मेद्वारी दर्ता गराउनुभएको छ । संघको उपाध्यक्ष पदमा कैलाश खत्री, संघको महिला उपाध्यक्षमा रिता मगर (घिमिरे), तुल्शीदेवी श्रेष्ठ,सहसचिवमा रामचन्द्र विक,समावेश सहसचिवमा शम्बर बहादुर हायु, कोषाध्यक्षमा युवराज श्रेष्ठ लगायतले उम्मेद्वारी दर्ता गराउनुभएको छ […]

पत्रकार महासंघ रामेछापकोे अध्यक्ष पदमा चार जनाको मनोनयन दर्ता

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको अध्यक्ष पदमा चार जनाले मनोनयन दर्ता गराएका छन । यही चैत २५ गते हुन गइरहेको महासंघको आसन्न निर्वाचनको लागि सुमित श्रेष्ठ र नबिन केसीले स्वतन्त्रबाट अध्यक्षको उम्मेद्वारी दर्ता गराएका छन् भने र प्रेस चौतारी नेपालको तर्फबाट सौजन्य प्रसाद सत्याल , प्रेस युनियन र प्रेस संगठनको तर्फबाट बद्रीनयाँघरेले उम्मेद्वारी दर्ता […]

वागमती प्रदेशमा रामेछापबाट दुई जना उम्मेद्वार

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको कोषाध्यक्ष र महिला सदस्य पदमा रामेछापबाट दुई जनाले उम्मेद्वारी दिएका छन् । नेपाल प्रेस युनियनको तर्फबाट शिव देवकोटाले नेतृत्व गरेको समूहमा रामेछापबाट रमेश ढुंगेल कोषाध्यक्ष र ज्ञानु श्रेष्ठ महिला सदस्यमा उम्मेद्वारी दिएका हुन् । कोषाध्यक्षका उम्मेद्वार ढुंगेल नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको वर्तमान अध्यक्ष समेत हुनुहुन्छ । त्यस्तै […]

आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा दलितको नेतृत्वलाई सुनिश्चित गर्न माग

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति रामेछापले नजिकिदैँ गरेको आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा दलितको नेतृत्वलाई सुनिश्चित गर्न माग गरेको छ । संघले सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघ रामेछाप र तीन वटै संगठन नेपाल प्रेस चौतारी, प्रेस युनियन र प्रेस संगठनका प्रमुखसमक्ष तीन बुँदे मागसहितको ध्यानकर्षण पत्र बुझाएका हुन् । […]

पत्रकार महासंघ रामेछापको अध्यक्षमा सुमित श्रेष्ठको स्वतन्त्र उम्मेद्वारी

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको अध्यक्ष पदमा पत्रकार सुमित श्रेष्ठले स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुभएको छ । जिल्ला सदरमुकाम मन्थलीमा बिहिबार पत्रकार सम्मेलन गरी यही चैत २५ गते हुन गइरहेको महासंघको आसन्न निर्वाचनको लागि श्रेष्ठले अध्यक्ष पदमा१४ बुँदे प्रतिबद्धता सहित स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नु भएको हो । पत्रकार श्रेष्ठको चुनावि प्रतिबद्धताहरु १. रामेछाप जिल्लाबाट सञ्चालित […]