बागमती प्रदेशका मुख्यमन्त्री शाक्यले असोज २५ गते विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २५ गते विश्वासको मत लिने हुनुभएको छ । सरकारमा रहेको दल विभाजन भएको अवस्थामा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । संविधानको धारा १८८ (२)को व्यवस्था अनुसार उहाँले अन्तिम दिन विश्वासको मत लिन लाग्नुभएको हो । भदौ २६ गते प्रदेश निर्वाचन आयोगले एमाले विभाजन भइ एकीकृत […]

एमाले सुकाजोरको अध्यक्षमा सुवाश थापा चयन

नेकपा एमाले रामेछाप नगरपालिका वडा नम्बर ७ को अध्यक्षमा सुवाश थापा चयन हुनुभएको छ । मंगलबार भएको वडा भेलाले थापालाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षमा लिला ब मगर र बाल विक्रम मगर,सचिवमा राजु विक्रम बस्नेत र ध्रुब बस्नेत लगायतको २९ सदस्य कमिटी गठन गरिएको छ । नेकपा एमाले रामेछाप नगरका संयोजक होतराज ढकालको […]

रामेछाप नगरपालिकाका २० जना महिलाले सिके गाडी चलाउन

रामेछापको रामेछाप नगरपालिकाले महिलाको लागि निःशुल्क ड्राइभिङ तालिम दिएको छ । महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन नगरका २० जना महिलाहरुलाई १५ दिने ड्राइभिङ तालिम दिएर उनिहरु गाडी चलाउन सक्ने भएका छन । निःशुल्क गाडी चलाउन सिक्न पाएकामो असाध्यै खुशी लागेको भन्दै महिलाहरुले अब गाडी चलाउन लाईसेन्सको ट्रायल दिने बताएका छन । उनिहरुलाई ट्राफिक नियम लगायको […]

जन्मदिनको अवसरमा वडाअध्यक्ष तामाङद्धारा विपन्न बालबालिकालाई आर्थिक सहयोग

रामेछापको रामेछाप नगरपालिका वडा नं. ५ रामपुरका वडा अध्यक्ष भीमबहादुर तामाङले आफ्नो जन्मदिनको अवसरमा विपन्न तथा अभिभावक बिहीन बालबालिकालाई आर्थिक सहयोग गर्नुभएको छ । वडा अध्यक्ष तामाङले भिमेश्वर माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत दुई छात्रा र दुई छात्र गरि चार बालबालिकालाई आर्थिक सहयोग गरेर आफ्नो ३८ औं जन्मदिन मनाउनुभएको हो । कक्षा ९ मा अध्ययनरत गंगा […]

बागमती ‘साक्षर प्रदेश’ घोषणा, रामेछापमा ९६.४० प्रतिशत नागरीक साक्षर

बागमती प्रदेश साक्षर प्रदेशको रुपमा घोषणा गरिएको छ । सोमबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्नुभएको छ । साक्षर प्रदेशमा बागतमी प्रदेश पहिलो रहेको छ । १५–६० उमेर समूहको साक्षर रहेको भन्दै गत २०७१ असार २ गते सिन्धुपाल्चोक जिल्ला घोषणा गर्दै अभियान सुरु भएकोमा यही असोज ४ गते काठमाडौं जिल्ला साक्षर घोषणा भएसँगै […]

तीन दिन देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने

अबको तीन दिन देशका केही स्थानमा मेघगर्जनर चट्याङ्गसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार, भारतको उडिसामा बनेको न्यूनचापिय क्षेत्रको आंशिक प्रभावले अबको तीन दिन देशभरी कै मौसम आंशिकदेखि सामान्य बदली रहीकेही स्थानमा मेघगर्जनर चट्याङ्गसहित पानी पर्ने सम्भावना छ । तर ठूलो पानी भने कतै पनि नपर्ने महाशाखाले जनाएको छ । यसकै […]

अध्यादेश खारेजसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुल्यो

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै सरकारकलाई मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको छ ।राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो खारेज गर्नुभएको हो । अध्यादेश खारेज नहुँदासम्म सरकारमा सहभागी नहुने अडान सत्ता घटक जनता समाजवादी पार्टी (जसपा) ले यसअघि लिँदै आएको थियो ।संसदीय दल वा केन्द्रीय समितिमा २० […]

आज विश्व रेविजविरुद्धको दिवस

आज विश्व रेविजविरुद्धको दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । प्रत्येक वर्ष २८ सेप्टेम्बरका दिन यो दिवस मनाइन्छ । सरकारले “रेविजः तथ्य बुझौँ, त्रसित नहोऔँ”भन्ने नाराका साथ यस वर्षको विश्व रेविज दिवस मनाउँदैछ । कोरोना महामारीभन्दा पहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै छाडा र घर पालुवा कुकुरले टोकेर दैनिक ६० देखि ८० […]

अग्रिम टिकट बुकिङ आजबाट खुला

दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ थप गरेको जनाएको छ । प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थप गरेको जानकारी दिनुभयो । नयाँ बसपार्कबाट […]

रामेछापको ८ वटै स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न,केहिमा निर्वाचन केहिमा सर्वसम्मत

नेपाली कांग्रेस रामेछापको गाउँ /नगरको अधिवेशन सम्पन्न भएको छ । जिल्लाको आठ वटै स्थानीय तहमा सभापति सहितका पदाधिकारी चयन भएका छ्न । केही स्थानीय तहमा निर्वाचन मार्फत सभापति चयन गरिएको छ भने केहिमा स्थानीय तहमा सर्वसम्म सभापति र पदाधिकारी चयन भएका छ्न । नेपाली कांग्रेस रामेछाप पालिका अधिवेशनमा निर्वाचित पदाधिकारीहरु : मन्थली नगरपालिका – शंकरप्रसाद […]