हेल्पिङ ह्यान्ड्स यू.एन्.बी.ओद्धारा एक सय जनालाई खाना र नाना सहयोग

समाजसेवामा सकृय प्रदिप घिमिरेले मेटाए धेरैको भोक

हेल्पिङ ह्यान्ड्स यू.एन्.बी.ओद्धारा एक सय जनालाई खाना र नाना सहयोग

समाजसेवामा सकृय प्रदिप घिमिरेले मेटाए धेरैको भोक

विश्व सामु फैलिएको कोरोना भाइरसले नेपालमा पनि नराम्रोसँग असर पा¥यो । २०७६ साल चैत्र ११ गते बाट नेपालमा पनि लकडाउन शुरु भएको थियो । लकडाउन शुरु भएको ४ दिन पछिबाट गरीब दुःखीको सहारा बनेका समाजसेवी प्रदिप घिमिरेले २२ महिनादेखी चिसो सडक पेटीमा रात बस्न बाध्य भएका व्यक्तिहरुलाई दैनिक तातो खाना खुवाइरहेका छन् ।

प्रदिपले गरेको सेवा कार्यमा विशेष गरेर स्वदेश तथा विदेशमा रहेका मनकारी व्यक्ति तथा केही संस्थाहरुको साथ सहयोग रही आएको छ । अरुको भन्दा प्रदिपको काम गराई फरक प्रकृतिको छ । उनी आफै तरकारी ल्याउने, केलाउने, पकाउने, भाँडा माझ्ने, आफै प्याक गर्ने र राती ८ बजेपछि आफै स्कुटरमा गलेर वितरण गर्छन् ।

प्रदिप भन्छन् सेवा नै धर्म हो, आफू पनि बाँचौं, अरुलाई पनि बचाऔं ।
प्रदिपले खाना मात्र खुवाउँदैनन् जहाँ समस्या छ त्यहाँ आफैं दौंडेर जान्छन् र त्याहाँको समस्या बुझेर मात्र सहयोग उपलब्ध गराउन अहोरात्र तल्लिन हुने उनको बानी बसेको छ । प्रदिप पछिल्लो समय आम नेपाली युवा पुस्ताको लागी रोल मोडेल बनेका छन् । तर आजसम्म पनि उनले गरेको कार्यमा नेपाल सरकार एवं स्थानीय सरकारको नजर पुग्न सकेको छैन । प्रदिपले घाम, पानी, हावा, हुरी, झरी बादल, चिसो नभनी दुःखी गरीबको सेवामा तल्लिल छन् ।

प्रदिपले गरिरहेको पूण्य कार्यमा हेल्पिङ ह्यान्ड्स यू.एन्.बी.ओ. अमेरिका साथै अरु मनकारी व्यक्तिहरुले पनि सहयोग प्रदान गर्नूभएको छ ।
यस वर्षको जाडोमा कोही पनि चिसोबाट मर्न पर्ने अवस्था श्रृजना नहोस भन्ने पवित्र उद्देश्यकासाथ हेल्पिङ ह्यान्ड्स यू.एन्.बी.ओ मा आबद्द हुनुभएका सहयोगी एवम् मनकारी व्यक्तिहरु साथै अरु मनकारी व्यक्तिहरुको सहयोग रकमबाट पुषको कठ्याङ्ग्रिदो जाडोमा १ सय जनालाई माइनस ३०को स्लिपिङ व्याग र राम्रो खालको म्याट साथै पनिर खाना पानी सहयोग गर्नूभएको छ ।

अन्तमाः भन्छन्– आजको मितिसम्म हामीले गरिरहेको पुण्य कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा स्वदेश तथा विदेशदेखी साथ सहयोग, हौसला, प्रेरणा र शुआर्षिवाद प्रदान गर्नुहुने समस्त सहयोगी हातहरु मनकारी व्यक्तिहरुप्रति शिर निहुराएर हार्दिक नमन गर्दछु ।

प्रदिपलाई अहिले खाना खुवाउन निकै गाह्रो भएको छ । उनलाई धेरै सहयोगी हातहरुको आवश्यक छ । दैनिक खाना खुवाउन गाह्रो भएकोले सबैसमा सहयोगको अपिल गरेका छन् ।

परोपकार पुण्यायः (सेवा नै धर्म हो) । सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तु, मा कश्चिद् दुख भागभवेत । (सबै सुखी हुन्, सबै रोग मुक्त रहुन, सबै मंगलमय घटनाका साक्षी बनुन् र कोही पनि दुःखको भागी हुन नपरोस ।)

(समाजसेवामा सक्रिय घिमिरे मन्थली नगरपालिका–४ सालु, रामेछापका स्थानीय हुन्)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार