रामेछापमा ८ वर्षीया बालिकामाथि बलात्कार, ७२ वर्षीय वृद्ध पक्राउ

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ मा ८ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मंगलबार रामेछाप नगरपालिका ८ भोटेटार बस्ने ७२ वर्षीय मंगल तामाङले सोही ठाउॅकी ८ वर्षीया बालिकालाई चाउचाउ किन्न गएको बेला फकाएर आफ्नै घरमा लगी जबर्जस्ती करणी गरेको उजुरीको आधारमा […]

कोरोनाविरुद्धको खोप अभियानलाई तिव्रता दिइएको सरकारको भनाइ

सरकारले गत माघ १४ मा सुरु गरेको कोरोनाविरुद्धको खोप अभियानले फेरी तिव्रता पाएको छ । चाडबाडका कारण असोज र कात्तिकमा सुस्ताएको खोप अभियानले मङ्सिर लागेसँगै तिव्रता पाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई आफ्नो परिचय खुल्ने राष्ट्रिय परिचयपत्र लिएर खोप लगाउन आग्रह गरेको छ । जसका लागि देशका विभिन्न स्थानमा […]

महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु

आज देखि महिला हिंसा विरुद्धको १६ दिने अभियाना सुरु भएको छ । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आज देखि अभियान सुरू हुन लागेको हो । २०७५ साल मंसिर २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा मंसिरको ९ गतेदेखि २४ गतेसम्म सामाजिक सचेतनासहित लैंङ्गिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न संघीय सरकारका […]

मृत्यु भएका पशुको क्षतिपूर्ति पाउँदा सुकाजोरका किसान दंग

गत वर्ष रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले एक घर एक पशु विमा कार्यक्रम सन्चालन गरेको थियो । उक्त कार्यक्रम मार्फत धेरै किसान लाभान्वित भएका छन । नगरपालिकाले सन्चालन गरेको एक घर एक पशु विमा कार्यक्रम मार्फत वडा नं ७ सुकाजोरका किसानले मृत्यु भएका पशुको क्षतिपूर्ति प्राप्त गर्दा धेरै खुशी लागेको बताएका छन । आज वडा नं […]

आज देशका थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना

आज देशका थोरै ठाउँमा हल्का पानी पर्नुका साथै उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । ठूलो पानी पार्ने वा भारी हिमपात गराउने प्रणाली सक्रिय नभएपनि स्थानीय वायुको प्रभावले आज देशका थोरै ठाउँमा हल्का पानी पर्नुका साथै उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]

सिन्धुलीमा छुट्टछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु

सिन्धुलीमा छुट्टछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । गएराति दुधौली नगरपालिका २ गागनमा ज ९ प ९४२६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ४५ वर्षका दिलिप अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि घाइते भएका दुधौली नगरपालिका १ पकाडाडाँका अधिकारीको उपचारको क्रममा चन्दनपुर पोलिक्लिनीकमा मृत्यु भएको प्रहरी चौकी हत्पतेले जानकारी दिएको छ […]

रामेछाप भुजीमा दुई बालिकालाई बलात्कार गर्न खोज्ने युवक पक्राउ

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ७ भुजी देउरालीमा दुई बालिकामाथि बलात्कारको प्रयास भएको छ । शुक्रबार दिउँसो विद्यालयबाट घर फर्किरहेका वर्ष ८ र ५ का दुई बालिकामाथि बलात्कारको प्रयास भएको हो । विद्यालयबाट फर्किरहेका दुई बालिकामाथि सोहि ठाउँका वर्ष १८ का प्रकाश भन्ने पदम बहादुर नेवारले बलात्कारको प्रयास गरेका ह्ुन । विद्यालयबाट घर फर्कदै […]

रामेछापमा ६० हजार बढीले लगाए कोरोना विरुद्धको पुर्ण खोप

रामेछापमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको पुर्ण खोप ६० हजार बढीले लगाएका छन । जिल्लामा खोप अभियान सुरु भएदेखी हालसम्मको अवद्यिमा ६० हजार ६ सय ४३ जनाले पुर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा ६६ हजार २ सय १९ जनाले पहिलो मात्रा खोप लगाएका छन । जिल्लामा भेरोसेल,कोभिडशिल्ड, एस्ट्राजेनिका,जोन्सन एण्ड […]

मन्थली नगरपालिकाले नगरका सबै नागरीकहरुको निःशुल्क मिर्गौला परीक्षण गर्ने

रामेछापको मन्थली नगरपालिकाले नगरका सबै नागरीकहरुको निःशुल्क मिर्गौला परीक्षण गर्ने भएको छ । नगरपालिकाले “स्वस्थ मिर्गौला,स्वस्थ मन्थली” भन्ने मूल नाराका साथ निःशुल्क मिगौला परीक्षण गर्न लागेको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले जानकारी दिनुभयो । नगर क्षेत्र भित्रका करिव ५१ हजार नागरिकहरुको निःशुल्क मिर्गौला परिक्षण यहि मंसिर २० गते देखि प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट […]

रामेछाप भालुखोप डाँडामा बन्यो भ्युटावर : आन्तरीक पर्यटकको भिड

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ र ७ को संगमस्थल भालुखोप डाँडामा भ्युटावर बनेको छ । रामेछाप नगरपालिकाको पर्यटकिय स्थलको रुपमा रहेको भालुखोप डाँडामा भ्युटावर बनेँसँगै त्यहाँ आन्तरीक पर्यटकहरुको भिड लाग्ने गरको छ । रामेछाप नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको भ्युटावर निर्माण सम्पन्न भएलगतै आन्तरीक पर्यटकहरु भ्युटावर घुम्न आउन थालेका छन । भर्खरै निर्माण […]