तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै

तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै

रामेछापको सुनापति गाउँपालिकामा तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने भएको छ । गाउँस्तरमा रहेको खेलाडीहरुको पहिचान र खेलाडीहरुको क्षमता विकासको उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो ।

प्रतियोगिता आगामी चैत्र ५ गतेदेखि ८ गतेसम्म सन्चालन हुने अध्यक्ष लामाले बताउनुभयो । प्रतियोगिता अन्तर्गत जिल्ला स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता तथा ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने छ । यस प्रतियोगिताको प्रथम पुरस्कार २ लाख रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाण–पत्र रहेको गाउँपालिकाले जनाएको छ ।

द्धितीय पुरस्कार १ लाख रुपैयाँ नगद, ट्रफि मेडल र प्रमाण–पत्र तथा तृतीय पुरस्कार ५० हजार रुपैयाँ नगद, ट्रफि मेडल र प्रमाण–पत्र रहेको छ भने सान्त्वना पुरस्कारमा २५ हजार रुपैयाँ नगद सहित ट्रफि र प्रमाण–पत्र रहेको छ । त्यसैगरी सर्वोत्कृष्ट खेलाडी १० हजार रुपैयाँ नगद सहित ट्रफि र प्रमाण–पत्र, उत्कृष्ट स्पाइकर ५ हजार नगद सहित ट्रफि र प्रमाण–पत्र, उत्कृष्ट सेटर ५ हजार नगद ट्रफि र प्रमाण–पत्र, उत्कृष्ट ब्लकर ५ हजार नगद ट्रफि र प्रमाण–पत्र, उत्कृष्ट डिफेण्डर ५ हजार नगद ट्रफि र प्रमाण–पत्र, उत्कृष्ट सर्भर ५ हजार नगद ट्रफि र प्रमाण–पत्र रहेको छ भने उत्कृष्ट प्रशिक्षकलाई पनि ५ हजार नगद ट्रफि र प्रमाण–पत्र प्रदान गरिने छ ।

त्यसैगरी ब्याडमिन्टनतर्फ प्रमथ पुरस्कार १५ हजार नगद, ट्रफि मेडल र प्रमाण–पत्र, द्धितीय पुरस्कार १० हजार नगद ट्रफि, मेडल र प्रमाण–पत्र, तृतीय पुरस्कार ५ हजार नगद, ट्रफि, मेडल र प्रमाण–पत्र रहेको छ भने सान्त्वना पुरस्कारमा २ हजा ५ सय रुपैयाँ नगद सहित ट्रफि र प्रमाण–पत्र रहेको छ । त्यस्तै उत्कृष्ट खेलाडी पुरस्कार १ हजार नगद सहित ट्रफि र प्रमाण–पत्र रहेको छ । ब्याडमिन्ट खेल पुरुष तथा महिलातर्फ छुट्टाछुट्टै खेलाइने छ भने पुरस्कार पनि दुवैतर्फकालाई प्रदान गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार