मन्थली नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

मन्थली नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको मन्थली नगरपालिकामा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिजोदेखी सुरु भएको छ । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन गर्दै नगर प्रमुख बस्नेतले हरेक वर्ष आयोजना हुने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखी विद्यार्थीहरुमा खेल प्रति रुचि बढेको बताउनुभयो ।

यो प्रतियागिताले विद्यार्थीहरुको क्षमता पहिचान गर्न सहयोग पुग्नुका साथै उनिहरुको वृद्धि विकासमा पनि रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महत्वपुर्ण भुमिका खेलेको उहाँको भनाई थियो । प्रतियोगितामा मन्थली नगरपालिकाका २२ वटा माध्यामिक बिद्यालयहरुले सहभागीता जनाएका छन । ३ दिन दिन सम्म चल्ने प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका खेलहरु खेलाईने छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार