पर्सि आइतबारदेखि मात्रै मौसम खुल्न थाल्ने, आज र भोलि उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको सम्भावना

पर्सि आइतबारदेखि मात्रै मौसम खुल्न थाल्ने मौसमविद्ले बताएका छन् । अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभावले हिजोदेखि नै देशका धेरै ठाउँको मौसम बदली भएको छ । यो क्रम आज र भोलि पनि चल्ने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार आज र भोलि उच्च पहाडी तथा हिमाली भेगमा […]

काँग्रेसको प्रदेश तहको अधिवेशन आज

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश निर्वाचन क्षेत्रमा आज प्रदेश तहको अधिवेशन हुँदैछ । त्यसको लागि सबै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको निर्वाचन समितिले जनाएको छ । समितिका सचिव अधिवक्ता केशव रिजालका अनुसार अहिलेसम्म १४ जिल्लामा जिल्ला अधिवेशन सकिएको छ । आज त्यसबाहेकका जिल्लामा अधिवेशन हुन लागेको हो । तर सर्लाही, सिन्धुपाल्चोक, रौतहटमा र रसुवामा भने आज अधिवेशन हुने […]

माघ १२ गते राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारको निर्णय

सरकारले आउँदो माघ १२ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले माघ १२ गते राष्ट्रियसभाको २० सदस्यका लागि निर्वाचन गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो । निर्वाचन आयोगले माघ ७ देखि १० गतेभित्र राष्ट्रियसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो । आगामी फागुन २० गतेबाट राष्ट्रिय […]

नेपालमा पहिलो पटक पत्रकारलाई सम्मान र प्रोत्साहन गर्न ’नेपाल मिडिया अवार्ड’ हुने

पत्रकारलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक ’मिडिया अवार्ड’ हुने भएको छ । ड्रिम हई नेपाल प्रा. लि. को आयोजना र नेपाल पत्रकार महासङ्घको सहकार्यमा अवार्ड प्रदान गर्न लागिएको हो । ’नेपाल मिडिया अवार्ड २०७८’ नाम दिइएको अवार्ड कुल २५ विधामा वितरण हुने आयोजकले जनाएको छ । टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र […]

रामेछापका १ सहित नक्कली नोट बनाउने ५ जना पक्राउ

नेपाल प्रहरीले ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछापका १ सहित अन्य ४ जना रहेका छन । रामेछाप सिरुवारीका २६ वर्षीय समरोज थापामगर,सिन्धुपाल्चोकको […]

रामेछापमा मनाईयो १० औँ राष्ट्रिय कर दिवस,दुई जना सम्मानित

‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि : सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ रामेछापमा पनि १० औँ राष्ट्रिय कर दिवस मनाइएको छ । करदाता सेवा कार्यालय रामेछापको आयोजनामा मनाइएको दिवसको अवसरमा दुई जनालाई सम्मान गरिएको छ । आर्थिक बर्ष २०७६÷७७ मा रामेछाप जिल्लाका व्यवसायी मध्ये राज्यलाई धेरै कर बुझाएको भन्दै रामेछाप उद्योग वाणिज्य संघ रामेछापका निवर्तमान […]

रामेछाप दुरागाउँ बसेरीमा ट्याक्टर दुर्घटना १ जनाको ज्यान गयो,२ जना घाईते

रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नंं १ दुरागाउँ बसेरीमा आज ट्याक्टर दुर्घटना भएको छ । आज साँझ भएको दुर्घटनामा परी १ जनाको ज्यान गएको छ भने २ जना घाईते भएका छन । उक्त दुर्घटनामा परी वर्ष ५४ का उद्धवराज पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दुर्घटनामा दुर्गाबहादुर भुजेल र उहाँको […]

रामेछाप नगरपालिकाको २ वटा वडालाई एम्बुलेन्स हस्तान्तरण

रामेछाप नगरपालिकाले २ वटा एम्बुलेन्स खरिद गरेको छ । उक्त एम्बुलेन्स आज २ वटा वडाका वडाअध्यक्षलाई हस्तान्तरण गरिएको हो । भन्सार छुट सहित २१ लाख ७५ हजार ६ सय ६२ रुपैँयामा खरिद गरिएको दुईवटा एम्बुलेन्स आज वडा नं १ गोठगाउँ र वडा नं ५ रामपुरलाई हस्तान्तरण गरिएको हो । रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा […]

रामेछाप नगरपालिकाको वार्षिक प्रगती समिक्षा : आ.व २०७७/७८ मा ९१.८० प्रतिशत रकम खर्च

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा जम्मा बजेटको ९१.३२ प्रतिशत रकम खर्च गरेको छ । नगरपालिकाले आज वार्षिक समिक्षा कार्यक्रमको आयोजना गरी सो कुरा जानकारी गराएको हो । नगरपालिकाले चालु खर्च तर्फ ९४.३२ प्रतिशत,पुँजिगत खर्च तर्फ ८६.८८ प्रतिशत र समग्रमा ९१.८० प्रतिशत रकम खर्च गरेको लेखा अधिकृत मदन सुवेदीले बताउनुभयो । आ.व २०७८/७९ […]

सुकाजोरका ७५ जना जेष्ठ नागरीक सम्मानित

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले वडाका ७५ जना जेष्ठ नागरीकलाई सम्मान गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडाका जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको हो । वडाका ८० वर्ष नाघेका जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो । जेष्ठ नागरीक सम्मान कार्यक्रममा लगभग २५ जना जेष्ठ नागरीकहरु उपस्थित हुनुहुन्थ्यो […]