भदौ १ गतेदेखि प्लास्टिक झोला प्रतिबन्धमा कडाई गरिने

भदौ १ गतेदेखि प्लास्टिक झोला प्रतिबन्धमा कडाई गरिने

सरकारले आगामी भदौ १ गतेबाट ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयोगमा कडाइ गर्ने भएको छ ।

वातावरण विभागले आज मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै भदौ १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन, बिक्री, आयात र प्रयोगमा लगाइएको प्रतिबन्धलाई लागू गर्न कडाई गर्ने जनाएको हो ।

सरकारले गत वर्ष असोज १९ को राजपत्रमा सूचना प्रकाशित गरी ४० माईक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो ।

विभागले प्लास्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत भई कार्यान्वयनमा आईसकेको भन्दै कोभिड–१९ को प्रकोपका कारण केही समय अनुगमनमा केही खुकुलो गरिएकोमा भदौ १ देखि अनुगमन तीब्र बनाइने पनि जनाएको छ ।

४० माईक्रोनभन्दा पातलो प्लाष्टिकको प्रयोग, उत्पादन तथा बिक्री गरेको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने पनि बिभागले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार