खिम्ती खोला तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह

खिम्ती खोला तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह

रामेछापको खिम्ती खोला, रसनालु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले खिम्ती खोला तथा तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै गएराति कास्कीको घलेखर्क वर्षामापन केन्द्र र आसपासमा ठूलो पानी परेको छ । घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।

आज प्रदेश-१ का एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर आउँदो तीन दिनसम्म ठूला नदीमा पानीको बहाव सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार