कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुग्यो

पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज १७ जनाको मृत्युसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ४ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा […]

रामेछापको खाँडादेवीमा पाँच शैयाको अस्पताल संचालनमा

रामेछापको खाँडादेवी गाउँपालिकामा पाँच शैयाको अस्पताल संचालनमा आएको छ । गाउँपालिकाको वडा नं ५ पकरबासमा विहिबार गाउँपालिका अध्यक्ष प्रेम तामाङ र उपाध्यक्ष मखमली श्रेष्ठले अस्पतालको उद्घाटन गर्दै अस्पताल संचालनमा आएको बताएका छन् । पकरबास स्वास्थ्य चौकीलाई स्तरउन्नती गरी पाँच शैयाको अस्थायी अस्पताल संचालनमा ल्याइएको गाउँपालिका अध्यक्ष प्रेम तामाङले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै […]

सात वटै प्रदेशमा गरी ६ हजार अक्सिजन सहितको बेड स्थापना गरिँदै

नोबेल कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर अक्सिजनसहितको ६ हजार बेडको व्यवस्था गर्ने भएको छ । सात प्रदेशका गरि झन्डै ५० अस्पतालहरुमा अक्सिजनसहितको बेड स्थापनाका लागि मन्त्रालयले ४ अर्ब २५ करोड २७ लाख २० हजार रुपैयाँ समेत पठाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ को धरान स्वास्थ्य […]

रामेछाप सुनापतिका ४ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप ४ जनामा संक्रमण पुष्टि भएको छ । यहि कार्तिक ३ गते सुनापति गाउँपालिकाबाट पठाइएका ३६ स्वाब मध्ये ४ जनामा कोराना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । विहिबार राति आएको रिपोर्ट अनुसार सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानीका वर्ष २८ का महिला ,वर्ष ६५ , १७ र ४५ का पुरुषहरुमा कोरोना […]

रामेछापमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप १० जनामा संक्रमण पुष्टि भएको छ । यहि कार्तिक २ गते मन्थली नगरपालिकाबाट पठाइएका ७२ स्वाब मध्ये १० जनामा कोराना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । बुधबार राति आएको रिपोर्ट अनुसार २४,४१ वर्षका विद्युतका पुरुष कर्मचारी , ५३ वर्षका सरकारी वकिलको कार्यालयका पुरुष कर्मचारी ,मन्थली नगरपालिका वडा नं १ का […]

रामेछापका ११६ जनाको रिपोर्ट आउन बाँकी, संक्रमितको संख्या २ सय ९७ पुग्यो

रामेछाप जिल्लामा आजसम्म २२ सय ५५ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १९ सय ९४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ४५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अझै १ सय १६ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । उनिहरुको […]

वाग्मती प्रदेशले कोरोना सङ्क्रमितको निःशुल्क उपचारलाई निरन्तरता दिने

वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचारलाई निरन्तरता दिने जनाएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को निःशुल्क उपचार भइरहेको जनाएको छ । प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको […]

धुलिखेल अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा लाग्ने खर्च निर्धारण

सरकारले कार्तिक २ गतेदेखि कारोनाभाईरसबाट सङ्क्रमितआफैंले उपचार खर्च बेहोर्नुपर्ने प्रावधान ल्याएपछि कोरोना सङ्क्रमितको उपचार गर्दै आएका अस्पतालहरूले धमाधमखर्च निर्धारण गरिरहेका छन् । काभ्रे जिल्लाको धुलिखेल अस्पतालले पनि एक सूचनाजारी गर्दै कोरोनाबाट सङ्क्रमितभएकाहरुलाई दैनिक रुपमालाग्ने उपचार खर्चको विवरण सार्वजनिक गरेको छ । अबकोरोना सङ्क्रमितले धुलिखेल अस्पतालमा भर्ना हुनुभन्दा अगाडि नै अस्पतालको नगदशाखामा ५० हजार देखि २ […]

देशमा आज थप ३ हजार ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमितको हुनेको संख्या एक लाख ३९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घन्टामा १३ हजार ८ सय ६१ पिसिआर परीक्षण […]

रामेछापका १८४ जनाको रिपोर्ट आउन बाँकी, ५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आजसम्म २२ सय ५५ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १९ सय २९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ४२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अझै १ सय ८४ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । उनिहरुको […]