रामेछाप मन्थलीका थप दश जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछाप मन्थलीका थप दश जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछाप जिल्लामा आज थप दश जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यहि कार्तिक १६ गते स्वाब पठाइएका मन्थली नगरपालिकाका १२ जनामध्ये दश जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्थली नगरपालिकाका १९ ,२१ र ३५ वर्षका महिला ,३८ ,३५,२७,२६,२५,२५ र ३३ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यो संगै जिल्लामै स्वाब संकलन गरि पठाइएकामा कोरोना संक्रमण हुनेको संख्या १७२ पुगेको छ । हालसम्म जिल्लाका १६० जना सङ्क्रमितले कोरोना भाइरसलाई जितेका छन् । अहिले मन्थली नगरपालिकामा दशजना,जिल्ला अस्पतालमा एकजना र गोकुलगंगा गाउँपालिकामा एकजना गरि १२ जनाको आइसोलेशनमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार