थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ३४ हजार ९ सय ५ रहेको छ । यसअघि हिजोको तथ्यांक अनुसार नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ८५ हजार ९७४ थियो । पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५२ हजार ९०८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ७० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार