रामेछाप सुनापतिका थप २ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप सुनापतिका थप २ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप २ जनामा संक्रमण पुष्टि भएको छ । यहि कार्तिक १९ गते सुनापति गाउँपालिका वडा नम्बर ५ बाट पिसिआर परीक्षणका लागी प्रादेशिक ल्याब धुलिखेलमा पठाइएका ८ जनाको स्वाब मध्ये २ जनामा कोराना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जसअन्तर्गत सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानीका वर्ष ४५ का पुरुष र वर्ष २५ का महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ७९ जनामा कोरोना पुष्टि भएको छ ।

रामेछापका १८ जना आईसोलेसनमा

रामछाप जिल्लामा हालसम्म दुईहजार २ सय ९० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार १ सय ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म जिल्लाका १६१ जनाले कोरोना भाईरसलाई जितेका छन । विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका १७९ जनामध्ये १६१ जना निको भैसकेका छन भने १८ जना संक्रमितको आईसोलेसनमा उपचार भईरहेको छ । हालसम्म जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ७९ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका २ सय ८ जनामा गरी ३ सय ८७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लाको विभिन्न पालिकाहरुमा ४ सय ९० वेडको क्वारेन्टिन र १ सय ८ वेडको आईसोलेसन कक्ष तयारी गरिएको छ । जिल्लाको कुनै पनि स्थानिय तहमा कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार