रामेछापका १६० जनाले जिते कोरोना

रामेछापका १६० जनाले जिते कोरोना

रामेछापका १६० जनाले कोरोना भाईरसलाई जितेका छन । विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका १६२ जनामध्ये १६० जना निको भैसकेका छन भने २ जना संक्रमितको आईसोलेसनमा उपचार भईरहेको छ । संक्रमति १ जना जिल्ला अस्पताको आईसोलेसनमा र १ जना गोकुलगंगा अस्पतालमा उपचारत रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । हिजो मन्थली नगरपालिकाका दशजना र लिखुतामाकोसी गाउँपालिकाका एकजना गरि ११ जना र आज सुनापति गाउँपालिकाका ५ जना कोरोनामुक्त भएर घर फर्किएको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

हालसम्म जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ६२ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ८१ जनामा गरी ३ सय ४३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा हालसम्म दुईहजार २५८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार ९६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला अस्पतालमा १९९ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ७१२ , रामेछाप नगरपालिकामा २७६ , उमाकुण्ड गाउँपालिकामा १९८, खाँडादेवी गाउँपालिकामा १४५, गोकुलगंगा गाउँपालिकामा २५५ , दोरम्बा गाउँपालिकामा ११६, लिखुतामाकोशी गाउँपालिकामा १५३ र सुनापति गाउँपालिकामा १४३ जनाको स्वाब परीक्षण गरिएको थियो । जिल्लाको कुनै पनि स्थानिय तहमा कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार