रामेछापका ८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछापका ८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लाका ८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा हालसम्म दुईहजार २ सय ९० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार १ सय ५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला अस्पतालमा १९९ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ७२४, रामेछाप नगरपालिकामा २८८ ,उमाकुण्ड गाउँपालिकामा १९८, खाँडादेवी गाउँपालिकामा १४५, गोकुलगंगा गाउँपालिकामा २५५ , दोरम्बा गाउँपालिकामा ११६, लिखुतामाकोशी गाउँपालिकामा १५३ र सुनापति गाउँपालिकामा १५१ जनाको स्वाब परीक्षण गरिएको थियो । हालसम्म जिल्लाका १६१ जनाले कोरोना भाईरसलाई जितेका छन । विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका १७७ जनामध्ये १६१ जना निको भैसकेका छन भने १६ जना संक्रमितको आईसोलेसनमा उपचार भईरहेको छ । हालसम्म जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ७७ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका २ सय ६ जनामा गरी ३ सय ८३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लाको कुनै पनि स्थानिय तहमा कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार