रामेछाप नगरपालिकाका थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछाप नगरपालिकाका थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछाप जिल्लामा आज थप पाँच जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यहि कार्तिक १७ गते स्वाब पठाइएका रामेछाप नगरपालिका वडा नम्बर ४ का १२ जनामध्ये पाँच जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार वर्ष २६,२७,८६ र २० का महिला र २४ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । यो संगै जिल्लामै स्वाब संकलन गरि पठाइएकामा कोरोना संक्रमण हुनेको संख्या १७७ पुगेको छ । हालसम्म जिल्लाका १६१ जना सङ्क्रमितले कोरोना भाइरसलाई जितेका छन् । १६ जना संक्रमितको आईसोलेसना उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार