हालसम्म रामेछापका ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि

हालसम्म रामेछापका ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या ३ सय ८४ पुगेको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ७७ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका २ सय ७ जनामा गरी ३ सय ८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा हालसम्म दुईहजार २ सय ९० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार १ सय ५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्लाका १६१ जनाले कोरोना भाईरसलाई जितेका छन । विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका १७७ जनामध्ये १६१ जना निको भैसकेका छन भने १६ जना संक्रमितको आईसोलेसनमा उपचार भईरहेको छ । ८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । जिल्लाको विभिन्न पालिकाहरुमा ४ सय ९० वेडको क्वारेन्टिन र १ सय ८ वेडको आईसोलेसन कक्ष तयार गरिएको छ । जिल्लाको कुनै पनि स्थानिय तहमा कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार