रामेछापका १२ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछापका १२ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लाका १२ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछाप जिल्लामा हालसम्म दुईहजार २७० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार ९६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला अस्पतालमा १९९ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ७२४, रामेछाप नगरपालिकामा २७६ , उमाकुण्ड गाउँपालिकामा १९८, खाँडादेवी गाउँपालिकामा १४५, गोकुलगंगा गाउँपालिकामा २५५ , दोरम्बा गाउँपालिकामा ११६, लिखुतामाकोशी गाउँपालिकामा १५३ र सुनापति गाउँपालिकामा १४३ जनाको स्वाब परीक्षण गरिएको थियो ।

हालसम्म जिल्लाका १६० जनाले कोरोना भाईरसलाई जितेका छन । विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका १६२ जनामध्ये १६० जना निको भैसकेका छन भने २ जना संक्रमितको आईसोलेसनमा उपचार भईरहेको छ । संक्रमति १ जना जिल्ला अस्पताको आईसोलेसनमा र १ जना गोकुलगंगा अस्पतालमा उपचारत रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । हालसम्म जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ६२ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ९४ जनामा गरी ३ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लाको कुनै पनि स्थानिय तहमा कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार