रामेछापमा पनि कोरोना विरुद्धको खोप अभियान सुरु, १४ सय ७७ जनाले खोप लगाउँदै

सरकारले कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरेको छ । सोहि अभियान अन्तर्गत आजेदेखि रामेछाप जिल्लामा पनि कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । जिल्ला अस्पताल रामेछापमा अस्पतालका डाक्टर रोशन ग्वाछा र स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले खोप लगाउँदै जिल्लामा खोप अभियानको सुरुवात गर्नुभयो । खोपका बारेमा धेरै आशंका देखिएकाले खोप सुरक्षित रहेको सन्देश दिन […]

वेथानमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

रामेछापको सुनापति गाउँपालिका वेथानमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । आयुवेर्दिक उपचार प्रणालीसँग जोडिएको त्यस आरोग्य केन्द्रमा वेथानका स्थानीय वासीहरुले निःशुल्क औषधी र थेरापी सेवा पाउने छन् भने केही समयपछि योग सेवा समेत सञ्चालनमा ल्याइने बताइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीले आफ्नो सेवा विस्तारको क्रममा सुनापति गाउँपालिकामा पनि सेवा प्रवाह गरेको […]

रामेछाप जिल्लामा भोलीबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइने

रामेछाप जिल्लामा भोलीबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइने भएको छ । भोलीबाट जिल्ला अस्पताल रामेछापबाट कोरोना विरुद्धको खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालय रामेछापले भोलीबाट लगाइने खोपको सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछाप जिल्लामा हालसम्म १४ सय ७७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाउनेका लागि अनलाइनबाट नाम दर्ता गराएको […]

रामेछापका २१९ जना कोरोना संक्रमित निको

रामेछापका २१९ जना कोरोना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेँका छन् । दोरम्बा गाउँपालिकाका २ जना स्वास्थ्यकर्मी कोरोना कोरोनामुक्त भई डिस्चार्ज भएसँगै जिल्लामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई सय १९ पुगको हो । दोरम्बाका एक महिला र एक पुरुष स्वास्थ्यकमी कोरोनामुक्त भई डिस्चार्ज भएका हुन । अब मन्थली नगरपालिकामा १ जना सक्रीय […]

नेपालमाकोरोना विरुद्धको खोप सञ्चालनका लागि पूर्वाभ्यास गरिने

सरकारले कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालनगर्न ‘ड्राई रन’गर्ने भएको छ । ड्राई रन एक प्रकारले खोप लगाउने पूर्वाभ्यास हो । खोप ल्याइसकेपछि त्यसको प्रयोगमा सहजताकालागिपूर्वाभ्यासको तयारी थालिएको स्वास्थ्यतथा जनसङ्ख्यामन्त्रालयले जनाएको छ ।ड्राई रनअन्तर्गत एकदिने अभ्यासमाविभिन्न क्षेत्रमाकार्यरत स्वास्थ्यकर्मीले डमी अर्थात् नमुनाखोप लगाउनेछन् । मन्त्रालयकाप्रवक्ता डा.जागेश्वर गौतमले ड्राई रनमाखोप लगाउने तयारीकाबारेमाजानकारी जुटाएर यसमा देखिएको कमी, कमजोरी हटाइने भन्दै खोप प्राप्त […]

पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ६६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ६६ जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ५०८ नमुना परीक्षण गर्दा ९१ महिला र १७५ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । उनीहरुमध्ये २ लाख ६१ हजार ४४४ जना […]

रामेछापका २१६ जना कोरोना संक्रमित निको , चार जना आईसोलेसनमा

रामेछापका २१६ जना कोरोना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेँका छन् । दोरम्बा गाउँपालिकाका सात जना कोरोना कोरोनामुक्त भई डिस्चार्ज भएसँगै जिल्लामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई सय १६ पुगको हो । बिहिबार कोरोनामुक्त भई डिस्चार्ज हुनेमा २३, २६, २९, ३४ र ४० वर्षीया महिला तथा १३ र २६ वर्षीय पुुरुष छन् […]

रामेछाप गुम्दलकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

रामेछाप जिल्लाकोे उमाकुण्ड गाउँपालिका वडा नम्बर १ गुम्देलकी २८ बर्षिय सुत्केरी सुमित्रा विकलाई आज हेलिकप्टर मार्फत उद्धार गरि काठमाडौँ पठाइएको छ । विकलाई अत्याधिक रक्तश्राप भएपछि हेलिकप्टर मार्फत निशुल्क उद्धार गरेर थप उपचारको लागि काठमाडौं पठाइएको हो । सोमवार राती सुत्केरी हुनुभएकी बिकलाई धेरै रगत बगेपछि गाउँमा उपचार हुन नसकेर हेलिकप्टर मार्फत काठमाडौं पठाइएको रामेछापका […]

रामेछापमा कोरोनाका १६ जना सक्रिय सङ्क्रमित आईसोलेसनमा

रामेछापमा थप एक जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । शनिबार आएको रिपोर्ट अनुसार दोरम्बा गाउँपालिकाको स्वास्थ्य चौकी दोरम्बामा कार्यरत २० वर्षीया महिला स्वास्थ्यकर्मीमा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । यो सङ्गै रामेछापमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या २१९ जना पुगेको छ । यसमध्ये दुई […]

निशुल्क मानसिक स्बास्थ्य शिविर सम्पन्न

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण र लामो समयको लकडाउनले जनजिवनमा विभिन्न किसिमका मनोसामाजिक एवं मानसिक स्बास्थ्य समस्याहरु देखिएकाछन । प्रकृतिक बिपत्तिको यो बिषम अबस्थामा समुदाय स्तरमा नै मानसिक स्बास्थ्यका विभिन्न कार्यक्रमहरु संचालन गर्नु अति जरुरीछ । यसैबिच धादिङ जिल्लाको धार्के गाउँपालिकामा एक दिने निशुल्क मानसिक स्वास्थ्य शिबिरको आयोजना गरियो। मनोरोग उपचार तथा पुर्न:स्थापना केन्द्र […]