रामेछाप गोकुलगंगाका ९ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप गोकुलगंगाका ९ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोकुलगंगा गाउँपालिकाको दुई वटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएको हो । ४ जना विद्यार्थी सहित २ जना शिक्षक र ३ जना स्थानियमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यहि वैशाख १० गते गोकुलगंगाका १६ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागी धुलिखेल पठाइएको थियो । १६ जनामध्ये ९ जनामा संक्रमण देखिएको हो । संक्रमितहरुको अवस्था समान्य रहेको छ । संक्रमित सबै जना होम आईसोलेसनमा बसेका छन । योसँगै जिल्लामा सकृय संक्रमितहरु ११ जना रहेका छन । सबै संक्रमित गोकुलगंगा गाउँपालिकाकै हुन । जिल्लामा हालसम्म २३५ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार