नेपालमा थप ३ हजार १ सय २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

नेपालमा थप ३ हजार १ सय २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १सय२२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ९ हजार २ सय ९२ पीसीआर र ७ सय ८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९० जनामा सङ्क्रमण भएको हो । यसैगरी भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार ४ सय ९८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर २५२ जना आईसीयू र भेन्टिलेटमा ६५ जना रहेका छन् । मन्त्रालयका अनुसार देशभर कोरोनामुक्त हुने दर ९२ दशमलब ५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार