बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकलाई खोपमा प्राथमिकता दिइने

बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकलाई खोपमा प्राथमिकता दिइने

बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकलाई नोबेल कोरोना विरुद्धको खोप प्राथमिकताका साथ लगाइने भएको छ । उनीहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको हो । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले चाँडै नै कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि विभिन्न मुलुकसँग छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार कोभिड–१९ को तेस्रो लहरका लागि अहिलेदेखि नै सरकारले तयारी सुरु गरिसकेको छ । तेस्रो लहरबाट बालबालिकालाई बचाउनका लागि स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार बनाउन बैङ्किङ एशोसिएशनले उपलब्ध गराउने ३३ करोडको स्वीकृत गर्ने सैद्धान्तिक सहमतिमा निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार