पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४६१ पीसीआर परीक्षणमा १५ सय ११ र ४ हजार ९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा सङ्क्रमण पुष्टि भएको हो । कोरोना सङ्क्रमणबाट थप ८१ जनाको मृत्यु भएको प्रवक्ता कृष्ण पौडेलले जानकारी दिनुभयो । जसमध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो ।बाँकी २९ जना भने विगतको तथ्यांकमा समावेश नभएका मृत्यु रहेको उनले बताए ।

पछिल्लो २४ घण्टामा तीन हजार ५ सय जना सङ्क्रमणमुक्त भएका छन् । देशभर सक्रिय सङ्क्रमितको संख्या ५० हजार ५२० रहेको छ । जसमध्ये ४७ हजार २४६ जना होम आइसोलेसनमा र ३ हजार २३४ जना सस्थागत आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९७ जना सङ्क्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा ३४६, ललितपुरमा ९७ र भक्तपुरमा ५७ जना रहेका मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार