रामेछापमा आज २२ जना कोरोना संक्रमित थपिए, ४५ जना निको

रामेछापमा आज २२ जना कोरोना संक्रमित थपिए, ४५ जना निको

रामेछाप जिल्लामा केही दिनदेखी कोरोना संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या बढ्दै छ । आज जिल्लाका २५ जना कोरोना संक्रमित थपिदा ४५ जनाले कोरोनालाई जितेका छन । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ७७६ जना पुगेको छ ।

आज जिल्ला अस्पताल रामेछापबाट एक जना, रामेछाप नगरपालिकाबाट १९ जना, खाँडादेवी गाउँपालिकाबाट पाँच जना, गोकुलगंगा गाउँपालिकाबाट ६ जना, लिखुतामाकोशी गाउँपालिकाबाट एक जना, सुनापति गाउँपालिकाबाट ९ जना र तामाकोशी अस्पतालबाट चार जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

जिल्लामा आज २२ जना कोरोना संक्रमित थपिएका छ्न । जिल्ला अस्पतालमा ९ जना, उमाकुण्ड गाउँपालिकामा पाँच जना, खाँडादेवी गाउँपालिकामा एक जना, गोकुलगंगा गाउँपालिकामा पाँच जना र तामाकोशी अस्पतालमा दुई जनाको एन्टिजेन रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ९४९ पुगेको छ । जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १५६ जना रहेको छ । २१ जनालाइ भने जिल्लामा उपचार सम्भव नभएर अन्यत्र रिफर गरिएको छ । जिल्लामा कोरोना संक्रमण भएर १७ जनाले ज्यान गुमाएका छ्न ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार