नेपालमा देखिएको डेल्टा भेरिएन्टको नयाँ म्युटेशन फेला परेको पुष्टि

नेपालमा देखिएको डेल्टा भेरिएन्टको नयाँ म्युटेशन फेला परेको पुष्टि

नेपालमा कोरोनाभाइरसको डेल्टा भेरिएन्टमा नयाँ म्युटेसन फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा देखिएको डेल्टा भेरिएन्टको नयाँ स्वरुप फेला परेको हो ।

भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफजिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ९ वटा नमुनामानयाँ म्युटेसन फेला परेको मन्त्रालयकाप्रवक्ता डा. कृष्ण पौडेलले बताउनुभयो ।

उहाँले देशकाविभिन्न भागबाट विभिन्नउमेर समूह र लिङ्गलाई प्रतिनिधित्वहुने गरी राष्ट्रिय प्रयोगशालाले वैशाख २६ देखि जेठ २० गतेसम्म ४८ वटा नमुना सङ्कलन गरेको जानकारी दिनुभयो ।

४७ वटा डेल्टा भेरिएन्टमध्य ९ वटानमुनामा के ४१७एन म्युटेसन भेटिएको डा. पौडेलले पुष्टि गर्नुभएको छ । उहाँकाअनुसार भारतमापनि यो भेरिएन्ट फेला परिसकेको र डेल्टा प्लस भनेर पनिनामाकरण गरिएको हो । हाल देखिएको यो म्युटेसन डेल्टा भेरियन्टभन्दा अझ सङ्क्रामकहुन सक्ने भएकाले सरकारले सबैलाई थप सावधानीअपनाउनआग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार