रामेछापमा आज ३० जना कोरोना संक्रमित थपिए,१४ जना निको

रामेछापमा आज ३० जना कोरोना संक्रमित थपिए,१४ जना निको

दैनिक तिव्र रुपमा कोरोना संक्रमित बढ्दै गएको रामेछाप जिल्लामा केही दिनदेखी संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या बढ्दै छ । आज जिल्लाका ३० जना कोरोना संक्रमित थपिदा १४ जनाले कोरोनालाई जितेका छन । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ६ सय ९ जना पुगेको छ ।

आज रामेछाप नगरपालिकाबाट ३ जना, दोरम्बा गाउँपालिकाबाट ६ जना, सुनापती गाउँपालिकाबाट ४ जना, गोकुलगंगा गाउँपालिकाबाट १ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लामा आज ३० जना कोरोना संक्रमित थपिएका छ्न ।

जिल्ला अस्पतालमा ५ जना, सुनापती गाउँपालिकामा ११ जना, गोकुलगंगा गाउँपालिकामा ८ जना,उमाकुण्ड गाउँपालिकामा ३ जना,लिखुतामाकोशी गाउँपालिकामा २ जना र खाँडादेवी गाउँपालिकामा १ जनामा एन्टिजेन रिपोर्ट पनि पोजेटिभ आएको छ । यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ८ सय ६० पुगेको छ ।

जिल्लामा कोरोनका सक्रिय सङ्क्रमितको सङ्ख्या २३४ जना पुगेको छ । १९ जनालाइ भने जिल्लामा उपचार सम्भव नभएर अन्यत्र रिफर गरिएको छ । जिल्लामा कोरोना संक्रमण भएर १७ जनाले ज्यान गुमाएका छ्न ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार