रामेछापमा आज २६ जना कोरोना सङ्क्रमित थपिए

रामेछापमा आज २६ जना कोरोना सङ्क्रमित थपिए

रामेछाप जिल्लामा आज २६ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा चार जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना, रामेछाप नगरपालिकामा १४ जना, उमाकुण्ड गाउँपालिकामा तीन जना, खाँडादेवी गाउँपालिकामा एक जना, गोकुलगंगा गाउँपालिकामा एक जना, लिखुतामाकोशी गाउँपालिकामा एक जना र तामाकोशी अस्पतालमा एक जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

यस्तै, जिल्लामा आज ६ जनाले कोरोना जितेका छन । यो सँगै जिल्लामा कोरोना जित्नेको संख्या एक हजार ७८२ जना पुगेको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या एक हजार ९७५ जना पुगेको छ । अहिलेसम्म जिल्लाबाट २१ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । जिल्लामा अहिले १७५ जना कोरोनाका संक्रिय संक्रमित छन् । कोरोना संक्रमित भएर जिल्लाका १८ जनाले ज्यान गुमाएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार