थप २ हजार २९७ जनामा सङ्क्रमण पुष्टि

थप २ हजार २९७ जनामा सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २ हजार २९७जनामा सङ्क्रमण पुष्टि भएको छ । १० हजार ९ सय ४ जनाको परीक्षण गर्दापीसीआर विधिबाट १५ सय ८४ तथा एन्टिजेन विधिबाट ७ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पीसीआर विधिबाट ६ लाख २२ हजार ६४० जनातथा एन्टिजेन विधिबाट २७हजार ३०८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा थप ३१सय ३० जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमाहालसम्म ५ लाख ५९ हजार ९२८ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

नेपालमा निको हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको छ । हाल नेपालमा ५३ हजार ९४० जना सक्रिय सङ्क्रमित रहेका छन् । यसमध्ये ५० हजार ३०४ जनाहोम आइसोलेसनमा, ३ हजार ६३६ जना संस्थागतआइसोलेसनमा, ८११ जनाआईसीयू तथा २३७जना भेन्टिलेटरमा रहेका छन् ।

आज थप ४६ जनाको कोभिड–१९ को सङ्क्रमणबाटमृत्यु भएको छ । हालसम्म नेपालमा ८ हजार ७७२ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु दर १ दशमलब५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार