अबको तीन दिन पानी र हिउँ पर्ने सम्भावना : चिसो बढ्ने

अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी र हिउँ परेर चिसो बढ्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । हिउँ र पानी परेपछि चिसो बढ्ने भन्दै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार गएराति नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले दिउँसो देशका विभिन्न ठाउँमा वर्षा र हिमपात गराउने सम्भावना […]

रामेछापमा यहि माघ ६ गतेदेखी १० गतेसम्म कोरोना विरुद्धको खोप अभियान सन्चालन हुँदै

रामेछाप जिल्लामा यहि माघ ६ गतेदेखी १० गतेसम्म कोरोना विरुद्धको खोप अभियान सन्चालन हुने स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । यहि पौष ६ गतेदेखी १० गतेसम्म संचालन भएको अभियानमा पहिलो मात्रा खोप लिएका १२ देखी १७ वर्ष उमेर समुहका बालबालिकाहरुलाई यहि माघ ६ गतेदेखी १० गतेसम्म उक्त खोपको दोश्रो मात्रा लगाईने छ । आफुले […]

आजदेखि श्रम स्वीकृति अनलाइन प्रणालीबाट लिन सकिने

आजदेखि श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै लिन सकिने भएको छ । वैदेशिक रोजगारीमा जानको लागि चाहिनेश्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै दिने निर्णय गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट श्रम स्वीकृतिको काम भइरहेकोमा आजदेखि अनलाइनबाट मात्र श्रम स्वीकृतिको काम हुने भएको हो । श्रम स्वीकृतिको काम वैदेशिक […]

सार्वजनिक स्थानमा २५ जना भन्दा धेरै भेला नहुन गृहमन्त्रालयको आग्रह

गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनबाट रोक्ने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै सार्वजनिक स्थलमा भीड हुने कार्यक्रम गर्नमा गृह मन्त्रालयले रोक लगाएको हो । सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने,अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति […]

आजदेखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द

सरकारले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि विद्यालय बन्द गर्ने निष्कर्षमा पुगेको सरकारले आजदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी दिनुभएको हो ।विद्यार्थीलाई वैकल्पिक […]

देशभर झण्डै ८ लाख नयाँ मतदाता थपिए

जो जहाँ छ त्यहिबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था निर्वाचन आयोगले गरेपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेहरू बढेका छन् । देशभर झण्डै ८ लाख नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयहरूमा अहिले मतदाता नामावली दर्ता गराउन चाहनेहरूको भिड छ, तर आवश्यक जनशक्तिको भने अभाव देखिएको छ । अहिले पालिका स्तर र जिल्ला निर्वाचन […]

रामेछापमा पाँच हजार बढी नयाँ मतदाता थपिए

रामेछाप जिल्लामा पाँच हजार बढी नयाँ मतदाता थपिएका छन । जिल्ला निर्वाचन कार्यालयले मंसिर १७ गते देखि पौष ९ गतेसम्म विभिन्न स्थानिय तहमा सन्चालन गरेको मतदाता नामावली संकलन अभियानमा ५ हजार ३ सय २० जना नयाँ मतदाताले नामावली दर्ता गराएका हुन् । २५ सय ७४ महिला र २७४६ पुरुष गरी ५ हजार ३ सय २० […]

वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । आसन्न निर्वाचनको तयारीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग हिजो भेटघाट गरेको आयोगका पदाधिकारीले आउँदो वैशाख २० गते भित्रमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको हो । आयोगले वैशाख १४ मा निर्वाचन गर्न सरकारसँग औपचारिक प्रस्ताब राखेको छ । यदि एकै चरणमा नभ्याईएको खण्डमा दोस्रो […]

स्थानीय तहको चुनाव गराउन जुट्यो निर्वाचन आयोग

निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जुटेको छ । २०७४ साल वैशाख, असार र असोजमा गरि स्थानीय तहको चुनाव भएको थियो । ५ वर्ष भित्रमा स्थानीय तहको चुनाव गरिसक्नुपर्ने कानुनी व्यवस्थाका कारण पनि आयोग समयमा नै चुनाव गराउने तयारीमा लागेको हो । काभ्रेको धुलिखेलमा पत्रकारहरूसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७९ साल वैशाख २० […]

शारदा संस्कृत मावि रामेछापले निशुल्क खाने,बस्ने व्यवस्था सहित कर्मकाण्ड पढाउँदै

रामेछाप जिल्लाको एक मात्र संस्कृत विद्यालय श्री शारदा संस्कृति माध्यमिक विद्यालयले संस्कृत भाषा अन्तर्गत निशुल्क कर्मकाण्ड पढाउने भएको छ । खाने,बस्ने व्यवस्था सहित निशुल्क कर्मकाण्ड पढाईने उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शिवप्रसाद घिमिरेले बताउनुभयो । पछिल्लो समय पुरोहित पेशा र संस्कृत भाषा लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणका लागी रामेछापमै पहिलो पटक निशुल्क कर्मकाण्ड […]