रामेछापमा साँझ ५ बजेपछि मात्रै मतगणना हुने

रामेछापमा साँझ ५ बजेपछि मात्रै मतगणना हुने

हिजो भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना आज साझँबाट गर्ने तयारी थालिएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहका अनुसार अहिले सर्बदलिय बैठक बस्ने तयारी भैरहेको छ ।

बैठक सकिएपछि साँझ ५ बजेबाट मतगणना सुरु हुने उहाँले बताउनुभयो । निर्वाचनमा खटिएका सबै कर्मचारीहरु केही दिनदेखि सुत्न नपाएको कारण उनिहरु थकित रहेको र केही समय आराम गराएर मतगणना सुरु गर्न लागिएको उहाँले बताउनुभयो । १ लाख ८० हजार मतदाता रहेको जिल्लामा हिजो सम्पन्न निर्वाचनमा ८८ हजार ४ सय ९७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार