बालबालिका अपहरण गर्ने गिरोह भेटिएको भन्ने हल्ला मात्रै होः नेपाल प्रहरी

बालबालिका अपहरण गर्ने गिरोह भेटिएको भन्ने हल्ला मात्रै होः नेपाल प्रहरी

तराईका विभिन्न जिल्लामा केही दिनदेखि बालबालिका अपहरण गर्ने गिरोह भेटिएको भन्दै सामाजिक सञ्जालमा आइरहेका फोटो, भिडियो नेपालको नभएको नेपाल प्रहरीले दाबी गरेको छ । सामाजिक सञ्जालमा त्यस्ता सामग्री राखेर गलत हल्ला चलाउनेको बारेमा निगरानी बढाइएको र कारबाहीका लागि साइबर व्यूरोले अनुसन्धान गरिरहेको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो ।

सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने जो कोहीलाई पनि नेपालको प्रचलित ऐन, कानून बमोजिम कानुनी कारबाही गर्ने व्यूरोका उपनिर्देशक तथा प्रवक्ता पशुपति कुमार रायले जानकारी दिनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीले हल्ला चलेजस्तो वास्तविक सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ ।

बालबालिका अपहरणका लागि समूह नै सक्रिय भएको भन्ने हल्ला चलेपछि केही विद्यालयले पनि अभिभावकलाईआफ्ना बालबालिकाको ख्याल गर्न सूचना पठाएका खबर पनि सार्वजनिक भएका थिए । तर त्यस्तो हल्लाकोपछि नलाग्न प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार