भोलि दिउँसो देखी मात्रै मौसम सफा रहने

हिमपात र वर्षा गराउने मौसम प्रणाली पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा जारी छ। जसका कारण यतिबेला प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो प्रदेश नम्बर १, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली […]

सरकारले वैदेशिक रोजगारीबाट स्वदेश फर्केर उद्यम गरेकालाई पुरस्किृत गर्ने

सरकारले वैदेशिक रोजगारीबाट फर्केर उद्यम गरेका युवालाई पुरस्कृत गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यका साथ वैदेशिक रोजगारीबाट फर्केर उद्यम गरेका युवालाई पुरस्किृत गर्ने बताएको छ । जसका लागि मन्त्रालयले वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन माग गरेको छ। वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र […]

सोनाम ल्होछारको अवसरमा सुनापती गाउँपालिकामा तीनदिन सार्बजनिक बिदा

तामाङ जातिहरुको बाहुल्यता रहेको रामेछापको सुनापती गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा तीनदिन सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा गाउँपालिकाभर तीनदिन सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो । २८५८ औं सोनाम ल्होछारको अवसरमा आगामी १८,१९ र २० गते तीन दिनका लागि गाउँपालिका र अन्र्तगतका […]

रामेछापमा पुरुषको भन्दा महिलाको जनसंख्या बढी:कुन स्थानिय तहमा कति जनसंख्या ?

तथ्यांक विभागले १२ औँ जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । वि.स. २०७८ सालमा सम्पन्न गणनाको तथ्यांक अनुसार रामेछापको जनसंख्या वृद्धिदर माइनसमा झरेको छ । रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको तथ्यांक विभागले जनाएको छ । रामेछाप जिल्लाको जनसंख्या वृद्धिदर माइनस १.६५ प्रतिशत छ । विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांक […]

रामेछापको जनसंख्या दुईलाख पनि पुगेन, १० वर्षमा ३२ हजार घट्यो जनसंख्या

तथ्यांक विभागले १२ औँ जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । वि.स. २०७८ सालमा सम्पन्न गणनाको तथ्यांक अनुसार रामेछापको जनसंख्या वृद्धिदर माइनसमा झरेको छ । रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको तथ्यांक विभागले जनाएको छ । रामेछाप जिल्लाको जनसंख्या वृद्धिदर माइनस १.६५ प्रतिशत छ । विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांक […]

रामेछाप बजारमा लाग्दै आएको विहिबारे हाट बन्द

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा साप्ताहिक रुपमा लाग्दै आएको विहिबारे हाट बन्द भएको छ । रामेछाप नगरपालिकामा कोराना भाईरसको संक्रमण तिव्र रुपमा बढ्दै गइरहेको भन्दै नगरपालिकाले संक्रमण नफैलियोस भनेर विहिबारे हाट बन्द गरिएको एक सुचना प्रकाशित गरी जानकारी गराएको छ । नगरपालिकाले वडा नम्बर ३ साँघुटार बजारमा लाग्दै आएको शनिबारे हाट पनि बन्द गरेको छ […]

स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह 

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति छिटो तोक्न सरकारलाई आग्रह गरेको छ । आज पे्रस विज्ञप्ति निकालेर आयोगले यस्तो आग्रह गरेको हो । २०७४ वैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आगामी २०७९ जेठ ५ मा समाप्त हुने भएकोले स्थानीय तह निर्वाचन ऐन, […]

भोलि हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी पूरा

निर्वाचन आयोगले भोलि हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी पूरा भएको जनाएको छ । भोलि बिहान ९ बजेबाट सातवटै प्रदेशमा मतादन हुने भएकाले आवश्यक सबै तयारी पूरा भएको आयोगले जनाएको हो । राष्ट्रिय सभामा रिक्त १९ पदका लागि भोलि बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुँदै छ। मतदानका लागि जिल्ला–जिल्लाबाट मतदाताहरू सम्बन्धित मतदान केन्द्रमा […]

चिसो बढेसँगै देशभरको जनजीवन प्रभावित, सोमबारसम्म नै मौसम पूर्ण रुपमा नखुल्ने

चिसो बढेसँगै देशभरको जनजीवन प्रभावित भएको छ । मौसम बदली भएसँगै देशभर अधिकतम तापक्रम घट्दा चिसो बढेको हो । देशका विभिन्न ठाउँमा ९ डिग्री सेल्सियससम्म अधिकतम तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अस्ति अधिकतम तापक्रम १५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको डडेलधुराको हिजोको तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियसमा झरेको […]

डिजेल, पेट्रोल, मट्टितेलको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गर्नुपरेको निगमले जनाएको छ । डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ बढेको छ । मूल्यवृद्धि भएसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर […]