इजाजत प्राप्त हतियार बुझाउन रामेछाप प्रशासनको निर्देशन

इजाजत प्राप्त हतियार बुझाउन रामेछाप प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय रामेछापले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ । प्रशासन कार्यालयले कात्तिक ५ गतेभित्र नागरीकहरुलाई हातहतियार बुझाइ सक्न निर्देशन दिएको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताउनुभयो ।

जिल्ला भित्रका सम्पूर्ण हातहतियार धनीहरुलाई नजिकको प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालयमा लगत राखि निर्वाचन पश्चात फिर्ता हुने गरी हतियार बुझाउन रामेछाप प्रशासनले निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार