वैशाख २६ गतेदेखी चुनावको अन्तिम मतपरिणाम घोषणा नहुन्जेल रामेछाप नगरपालिका बन्द

यहि वैशाख २६ गतेदेखी चुनावको अन्तिम मतपरिणम घोषणा नहुन्जेलसम्म रामेछाप नगरपालिका बन्द हुने भएको छ । यहि वैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय तह सदस्य निर्वाचनका लागि नगरपालिकामा कार्यरत अधिकांश कर्मचारीहरु खटिनुपर्ने भएकाले अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गर्नुपरेको नगरपालिकाले जानकारी गराएको छ । वैशाख ३० गते मतदान कार्य सम्पन्न भए पश्चात मतगणना कार्य […]

रामेछापमा २५ मतदान स्थल अतिसंवेदनशील, २६ वटा मतदान स्थल संवेदनशील

रामेछापमा २५ मतदान स्थल अतिसंवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा २६ वटा मतदान स्थल संवेदनशील र बाँकी ४१ वटा मतदान स्थल सामान्य रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले जानकारी दिनुभयोे । जिल्लाको अतिसंवेदनशील र संवेदनशील मतदान स्थलमा सुरक्षा व्यवस्था कडा परिने उहाँले बताउनुभयो । निर्वाचन सुरक्षाका लागि जिल्लामा २ […]

उम्मेद्वारलाइ डर धाक तथा धम्कि नदिन आयोगको आग्रह

निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन र धरपकड नगर्न आग्रह गरेको छ । आज दिउँसो एक विज्ञप्ति जारी गरी आयोगले कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, प्रलोभन र धरपकड गरेको सूचना आएको भन्दै यस्ता गतिविधि नगर्न सरोकारवालालाई आग्रह गरेको हो । आयोगले उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले […]

जेठ १ गतेदेखि शनिबार र आइतबार २ दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । विदा २ दिन दिएपछि सरकारले कार्यालय समय भने बढाएको छ । कार्यालय समय अब विहान ९ः३० देखि ५ः३० […]

नेपाली सेनाको सैन्य पदमा आवेदन खुल्ला

नेपाली सेनाको सैन्य पदमा आवेदन खुल्ला भएको छ । नेपाली सेनाले आज सूचना जारी गर्दै ४ हजार सैन्य माग गरेको हो । कक्षा ८ उत्तिर्ण गरेका व्यक्तिले २७ भर्ना केन्द्र मध्ये आफुलाई पायक पर्ने स्थानमा गई आवेदन दिन सक्नेछन् । नेपाली सेनाले खुल्ला तर्फ २ हजार ९८, कर्तव्य पालनाको सिलसिलामा अशक्त÷मृत्यु भएका नेपाली सैनिकका सन्तती […]

लिखु ४ जलविद्युत आयोजनाको आईपिओ भर्ने म्याद थप

ग्रिन भेञ्चर लिमिटेडले आव्हान गरेको आईपिओ भर्ने म्याद थप गरिएको छ । कम्पनीले आव्हान गरेको माग अनुसार लिखु ४ जलविद्युत आयोजना प्रभावित क्षेत्रका नागरिकहरुले आईपीओ नभरेपछि कम्पनीले फागुन २३ गते सम्म आईपीओ भर्न सक्नेगरि म्याद थप गरेको छ । कम्पनीले ५२.४ मेगावाट क्षमता रहेको लिखु ४ जलविद्युत आयोजनाका प्रभावित क्षेत्रका नागरिकहरुका लागि गत फागुन २ […]

आज र भोलि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्सहित पानी पर्ने सम्भावना

आज र भोलि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्सहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज र भोलि मेघगर्जन र चट्याङ्सहित वर्षासँगै उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र […]

एक हप्तादेखी बेपत्ता दिपेशलाई भेटाउनेलाई १ लाख बढी पुरस्कार दिने

रामेछापको मन्थली नगरपालिका वडा नं १ का २७ बर्षिय दिपेश मानन्धरलाई फेला पार्ने व्यक्तिलाई उहाँको परिवारले इनाम स्वरुप १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । बिहिवार बिहान घरमा बुबा सँगै खाना खाएर मधुमेहको परीक्षणको लागि अस्पताल जान्छु भनेर हिडेका दिपेश अहिलेसम्म घर फर्किनुभएको छैन । घरवाट निस्कदा दिपेशले […]

आज पनि देशका उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपात हुने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागको […]

२०७९ चैत्रसम्म रामेछाप नगरपालिका बालमैत्री नगरपालिका घोषणा हुने

रामेछापको रामेछाप नगरपालिका २०७९ चैत्रसम्ममा बालमैत्री नगरपालिका घोषणा हुने भएको छ । रामेछाप नगरपालिकाका जनप्रतिनिधि लगायत सरोकारवालाहरुले बालमैत्री नगरपालिका घोषणामा लाग्ने प्रतिबद्धता जनाएका छन । रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगरले बालमैत्री नगरपालिका घोषणामा सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले सबैले आ–आफनो ठाउँबाट बालमैत्री नगरपालिका घोषणामा सहयोग पुर्याउन अनुरोध गर्नुभयो । […]