आसन्न निर्वाचनलाई लक्षित गर्दै रामेछापमा मदिरा बिक्री वितरणमा रोक

आसन्न निर्वाचनलाई लक्षित गर्दै रामेछापमा मदिरा बिक्री वितरणमा रोक

रामेछापमा मदिरा बिक्री वितरण तथा ओसारपसारमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले सूचना जारी गर्दै मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा बिक्री वितरण तथा ओसारपसारमा रोक लगाएको जनाएको हो ।

निर्वाचन सम्पन्न नभएसम्मका लागि जिल्लामा मदिरा ओसारपसार, विक्री वितरण र सेवन गर्न पूर्णरुपमा रोक लगाइएको सूचनामा उल्लेख छ । कोही कसैले मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार