नेपालमा थप १२ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि
पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १५ सय ७५ जना डिस्चार्ज भएका छन् । […]