हिंसा रहित सभ्य समाजको निर्माण गर्न लागि परेका छौँ : उपप्रमुख खड्का

हिंसा रहित सभ्य समाजको निर्माण गर्न लागि परेका छौँ : उपप्रमुख खड्का

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले महिला र पुरुषविचको विभेद अन्त्य गरेर हिंसा रहित सभ्य समाजको निर्माण गर्न नगरपालिका लागि परेको बताउनुभयो । रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारमा आज लैङ्गीक हिंसा तथा मानव वेचविखन विरुद्धको सडक नाटक कार्यक्रमको प्रम्ुख अतिथि समेत रहनुभएका उपप्रमुख खड्काले महिलाहरु स्वभावैले सहनशील र घरयासी क्रियाकलापमा बढी केन्द्रीत हुने गरेका कारण हिंसाको अन्त्य गर्न नसकिएको बताउँदै यसमा सबैको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । नगरपालिकाको महिला तथा बालबालिका शाखाद्धारा आयोजना गरीएको कार्यक्रममा लैङ्गीक हिंसा तथा मानव वेचविखन विरुद्ध जनचेतना मुलक नाटक प्रस्तत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार