गाई भैँसी सुत्केरी भक्ता पाएपछि रामपु्रका किसान दंग

गाई भैँसी सुत्केरी भक्ता पाएपछि रामपु्रका किसान दंग

रामेछाप नगरपालिका वडा नं ५ रामपुरका ६२ जना किसानहरुलाई गाई भैँसी सुत्केरी भक्ता वितरण गरिएको छ । गाई भैँसी सुत्केरी भक्ता पाएपछि किसानहरु पनि दंग भएका छन । रामपुरका नरमायाँ मगरले गाई सुत्केरी हुँदा पनि पैसा पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले सो रकमले सुत्केरी गाईलाई दाना र भिटामिन किनेर खुवाउने बताउनुभयो ।

दुधमा आत्मनिर्भर बनाउने उद्धेश्यका साथ रामेछाप नगरपालिकाले सुत्केरी गाई भैँसी पालन गर्ने किसानलाई भक्ता उपलब्ध गराउन थालेको छ । आज रामपुरमा पुगेर उपप्रमुख सृजना खड्का,पशु स्वास्थ्य प्राविधिक विजय श्रेष्ठले किसानलाई एक गाई वा एक भैँसी सुत्केरी भए बराबर १ हजारका दरले भत्ता वितरण गर्नुभयो । यो कार्यक्रमले पशु पालन गर्ने कृषकमा वृद्धिसँगै नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउने योजना सफल हुन मद्धत पुग्ने उपप्रमुख खड्काले बताउनुभयो ।

वडा नं ५ का वडाअध्यक्ष भिम बहादुर तामाङले नगरको यस्तो कार्यक्रमले रामपुरमा पशुपालन गर्ने किसानहरुमा वृद्धि हुने विश्वास आफुले लिएको बताउनुभयो । यसअघि वडा नम्बर १ र ३ का किसानहरुलाई पनि गाई भैँसी सुत्केरी भक्ता वितरण गरिसकिएको छ । अब त्रमैसँग अरु वडाहरुमा पनि प्राप्त निवेदनका आधारमा भक्ता वितरण गर्दै जाने पशु स्वास्थ्ष्य प्राविधिक श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार