रामेछाप बजारमा कुखुरा छाडा छोड्दा दुर्घटनाको जोखिम बढ्यो

रामेछाप बजारमा कुखुरा छाडा छोड्दा दुर्घटनाको जोखिम बढ्यो

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नं ८ रामेछाप माथिल्लो बजारमा स्थानियले कुखुरा छाडा छोडेर पाल्दा दुर्घटनाको जोखिम बढेको छ । बसपार्क समेत रहेको माथिल्लो बजारमा अव्यवस्थित रुपमा बजारमै घर भएका शिक्षित व्यक्तिले नै छाडा छोडेर कुखुरा पाल्दै आएका छन । जसका कारण सोहि बाटो भएर आवात जावत गर्ने सवारी साधनहरुलाई कुखुरा छलेर बाटो छिचोल्ने मुस्किल हुने गरेको छ ।

सोही सडक हुँदै दैनिक रुपमा सैयौँ साना तथा ठु्ला सवारी साधन आवत जावत गर्ने गर्छन । कुखुरा अव्यवस्थित रुपमा छाडिदिँदा सवारी साधनलाई मात्रै नभएर बाटो हिँड्ने सर्वसाधरणलाई पनि समस्या हुने गरेको छ । उसै त निकै साँघुरा,े धुलो उड्ने कालो पत्रे भत्केको सडकमा झन अव्यवस्थित रुपमा कुखुरा पाल्दा बजारको सौन्दर्यतासँगै दुर्घटनाको जोखिम बढेको स्थानियहरुले गुनासो गरेका छन ।

रामेछाप नगरपालिकाले पनि कुखुरा छाडा छाडेर नपाल्न आग्रह गर्दै बारम्बार चिठी पठाएको भएपनि कुखुरा पाल्ने स्थानियले अटेर गर्दै आएका छन । धेरै पटक नगर प्रहरी गएर कुखुरा अव्यवस्थित रुपमा नपाल्न आग्रह गरेको भएपनि उनिहरुले नमानेको वडा नं ८ का वडाअध्यक्ष केदार कार्कीले बताउनुभयो । अब फेरी पनि एक पटक कुखुरा छाडा छाडेर नपाल्न आग्रह गर्ने र नमाने जरीवाना तिराउने वडाअध्यक्ष कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार