रामेछाप ओख्रेनीमा ३५ दिने सिलाईकटाई तालिम सम्पन्न

रामेछाप ओख्रेनीमा ३५ दिने सिलाईकटाई तालिम सम्पन्न

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ ओख्रनीमा ३५ दिने सिलाईकटाई तालिम सम्पन्न भएको छ । त्यहाँका १५ जना महिलाहरुलाई वडा कार्यालयले सिलाई कटाई सम्बन्धि तालिम दिइएको हो । तालिममा सहभागीहरुले महिला तथा पुरुषको विभिन्न डिजाईनका कपडाहरु सिलाउन सिकेको बताएका छन ।

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बोल्दै उपप्रमुख खड्काले नगरपालिकाका धेरै महिलाहरुलाई यस्ता तालिमहरु प्रदान गरिसकिएको र यस तालिमले पनि ओख्रेनीका महिलाहरुलाई स्वरोजगार बन्न सहज पुग्ने बताउनुभयो । उहाँले सिकेको सिपलाई प्रयोग गरेर आत्मनिर्भर बन्न आग्रह गर्नुभयो ।

उक्त कार्यक्रम वडा नम्बर ६ का वडाअध्यक्ष धन बहादुर खड्काको अध्यक्षतामा भएको थियो । वडाअध्यक्ष खड्काले महिलाहरुलाई माथि उठाउन वडाकार्यालयको तर्फबाट ३५ दिने सिलाईकटाई तालिम दिइएको बताउनुभयो । उक्त कार्यक्रम रामेछाप नगरपालिकाका कार्यपालिका सदस्य सरोज कटुवाले सन्चालन गर्नभएको थियो । तालिममा सहभागीहरुले सिकेको सिप प्रयोग गरेर आत्मनिर्भर बन्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार