रामेछाप नगरपालिकाले विभिन्न कार्यक्रम गरी नारी दिवस मनाउने

रामेछाप नगरपालिकाले विभिन्न कार्यक्रम गरी नारी दिवस मनाउने

रामेछापको रामेछाप नगरपालिकाले १११ औँ अन्तराष्टिय महिला श्रमिक दिवस तथा राष्टिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेको अध्यक्षतामा बसेको बैठकले अन्तराष्टिय महिला श्रमिक दिवस तथा राष्टिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । जसअनुसार मोटरसाईकल तथा स्कुटर र्याली,म्युजिकल चियर,खुल्ला लोकगित प्रतियोगीत र महिला अधिकार कर्मीहरुको अनुशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । रामेछाप नगरपालिकाका विभिन्न संघसंस्था तथा सन्चारमाध्यमको सहकार्यमा दिवस मनाईने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार