रामपुरका असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई सहयोग

रामपुरका असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई सहयोग

रामेछाप नगरपालिका वडा नंं ५ रामपुरका असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई रामेछाप नगरपालिकाले सहयोग गरेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखा मार्फत रामपु्रका २१ जना असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय पोशाक,झोला,कपिकलम लगायतका सामाग्रीहरु सहयोग गरिएको हो । उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमखु सृजना खड्काले नगरका पढ्न लेख्नबाट बन्चित कोहि बालबालिका भए नगरमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

त्यस्ता बालबालिकाहरुलाई पोशाक,किताब कापी नगरपालिकाले उपलब्ध गराउने उप्रमुख खड्काले बताउनुभयो । रामपुरको विभिन्न विद्यालयमा अध्यन गर्ने गरिब,विपन्न,असहाय र टुहुरा बालबालिकाहरुलाई सहयोग गरिएको हो । अब वडा नम्बर ४ का २० जना बालबालिकाहरुलाई पनि सहयोग गरिने महिला तथा बालबालिका शाखाका कर्मचारी विमला शर्माले जानकारी दिनुभयो । बालबालिकाहरुलाई उक्त सामग्री उपप्रमुख सृजना खड्का,वडाअध्यक्ष भिम बहादुर तामाङले प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार