रामेछाप नगरपालिकामा स्थानिय महिला उद्यमी सन्जाल गठन

रामेछाप नगरपालिकामा स्थानिय महिला उद्यमी सन्जाल गठन

रामेछाप नगरपालिकामा विभिन्न पेशा तथा व्यवसायमा अबद्ध महिलाहरुले स्थानिय महिला उद्यमी सन्जाल गठन गरेका छन । विमला श्रेष्ठको अध्यक्षतामा ७ सदस्य समिती गठन गरिएको छ । जसअनुसार अध्यक्ष विमला श्रेष्ठ,उपाअध्यक्ष अम्विका श्रेष्ठ,सचिव स्वस्तिका रोका,कोषाअध्यक्ष,कृष्ण कुमारी नेवा खड्गी र सदस्यहरुमा क्रमश . फुलमाया तामाङ,ज्ञानुका देवी बस्नेत कार्की र विमला मगर रहेका छ । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको अध्यक्षतामा बसेको बैठकले सो समिती गठन गरेको हो । यस समितीले नगरका महिला उद्यमीहरुलाई प्रोत्साहन तथा हौसला बढाउने काम गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार