रामेछाप कुनौरीमा मिनी ट्रिपर दुर्घटना,चालक गम्भिर घाईते

रामेछाप कुनौरीमा मिनी ट्रिपर दुर्घटना,चालक गम्भिर घाईते

रामेछापको मन्थली नगरपालिकाको कुनौरीमा मिनी ट्रिपर दुर्घटना भएको छ । आज दिउँसो हात्तीटारबाट मन्थलीतर्फ बालुवा लिएर आउदै गरेको बा ३ ख ५३६७ नम्बरको मिनी ट्रिपर दुर्घटना भएको हो । दुर्घटनमा परी चालक ३१ वर्षिय टेक बहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठका अनुसार घाइते चाकलको टाउको र दाहिने कुहिनोमा गम्भीर चोट लागेको छ । घाईतेलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । दुर्घटना भएको मिनी ट्रिपर सडकबाट ३५ फिट तल खसेको छ । साँघुरो बाटो र तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार