गौरीशङकर माविले मनायो ५७ औँ वार्षिकोत्सव

गौरीशङकर माविले मनायो ५७ औँ वार्षिकोत्सव

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङकर माध्यमिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरी आज ५७ औँ वार्षिकोत्सव मनाएको छ । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापना समितीका अध्यक्ष पुर्ण बहादुर मगरको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमखु सृजना खड्काले आफु अध्यन गरेको विद्यालयको प्रमुख अतिथी भएर बोल्न पाउँदा खुशी लागेको बताउनुभयो ।

५७ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नगरपालिकाले नगरका सबै ५७ वटै विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्दै लैजाने अभियानमा लागेको बताउनुभयो । शैक्षिक गुणस्तर सुधारको यो अभियानमा सबैलाई साथ दिन उहाँले आग्रह गर्नुभयो । विद्यालयका प्रधानाध्यापक निर बहादुर कार्कीले विद्यालयको ५७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा विद्यायको आयव्यय विवरण, शैक्षिक सुधारका लागी विद्यालयद्धारा चालिएका कदमहरु र भावि योजना प्रस्तुत गर्नभयो ।

५७ औँ वार्षिकोत्सवको अवसरमा विद्यालयलाई योगदान पुर्याउने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । उक्त कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा जनप्रतिनिधी,विभिन्न कार्यलयका प्रमुख एवम प्रतिनिधी ,शिक्षक,विद्यार्थी अभिभावक लगायतको उपस्थिती रहेको थियो । अंग्रेजी नेपाली दुवै माध्यमबाट पठनपाठन हुँदै आएको विद्यालय बाग्मती प्रदेश सरकारको नमुना विद्यालयमा पनि परेको छ । यस वर्ष देखि यस विद्यालयमा विद्यालयल नर्स कार्यक्रम पनि लागु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार