सुनापती गाउँपालिका सांस्कृतिक कलाकार समाज गठन

सुनापती गाउँपालिका सांस्कृतिक कलाकार समाज गठन

रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा रामेछाप सांस्कृतिक कलाकार समाज गठन गरिएको छ । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समिती गठन गरिएको हो । गठन गरिएको समितीमा अध्यक्ष सुमन खड्का,उपाअध्क्षमा दिपक खड्का,महिला उपाअध्यक्षमा रमिला श्रेष्ठ,सचिवमा प्रेम खड्का,सहसचिवमा वशन्त कार्की,कोषाअध्यक्षमा सन्देश श्रेष्ठ,सहकोषाअध्यक्षमा सिजा चौलागाई,संयोजकमा भिमसेन गौतम,सल्लाहकारमा राज मैनाली,किरण राज घिसिङ्ग र पवन विक्रम परियार रहेका छन । यो समितीले सुनापती गाउँपालिकामा मौलिक कलासंस्कृती र विविध सांस्कृतिक कार्यक्रममा सहयोगी भुमिका निर्वाह गर्ने छ । उक्त कार्यक्रममा बोल्दै सुनापती गाउँपालिका अध्यक्ष धावा लामाले गाउँपालिकामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा यहि समितीमा रहेका कलाकारहरुलाई प्रयोग गर्ने बताउनुभयो । गाउँपालिकाले वृहत सांस्कृति कार्यक्रम गर्ने योजना बनाएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार